आर्थिक अनुशासन सबैभन्दा महत्वपूर्ण हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
चितवन, १७ चैत । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदीमा रहेको पुलको उद्घाटन समारोहमा उनले हाल देशका सडक सञ्जालको विकाससँगै रेलको विकास पनि गरिरहेको बताए । उनले भने, “आज पूर्व–पश्चिम रेलदेखि लिएर […]
बेइजिङ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए । ‘नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक […]
काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए […]
काठमाडौँ, १९ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सरसफाइ मानवीय जीवनको महत्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताए । उनले […]
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
काठमाडौं,२२ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए । “स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण […]
२७ चैत, चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको बताएका छन् । आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको उनको भनाइ छ । प्रेस सेन्टर चितवनले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले […]
काठमाडौँ,१२ माघ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका ४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने […]
काठमाडौं । नेपालको विकासमा भारतको योगदान महत्वपूर्ण भएको जिकिर गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको पहिलो विमानस्थल गौचरण विमानस्थल र त्रिभुवन राजमार्ग निर्माण गरेर भारतले नेपालको विकासमा साझेदारी गरेको स्मरण गर्नुभयो । भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्रको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘भारत–नेपाल विकास साझेदार सम्मेलन’को उद्घाटन गर्दै उपप्रधानमन्त्री […]