चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन

चीनको चच्याङ प्रान्तको व्यापारिक सहर 'यिवु'मा आयोजित २८औं मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्ना उत्पादनको प्रवर्द्धन गरेको छ । साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो ।

सम्बन्धित सामग्री

कोरियामा सीप सिकेर नेपालमा उद्यम

नवलपुर । वैदेशिक रोजगारका लागि दैनिक हजारौँको संख्यामा नेपालीहरू विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्ने गरेका छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमको व्यवसाय शुरू गरेका छन् । उनले यसरी बनाएको मःम रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा विक्री गर्दै आएका छन् । उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शुरू भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रू तीन लाख आम्दानी गर्थे । गिरी आफू उद्यमी मात्रै बनेनन् कम्पनीमा आठ जनालाई उनले रोजगारी पनि दिएका छन् । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःम’ कम्पनी सञ्चालन गर्दै आएका छन् । कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए । ‘हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा विक्री गरिरहेका छौँ’, गिरीले भने, ‘रू २० लाख लगानी गरी शुरू गरेको कम्पनीमा अहिले लगानी रू १ करोड पुगेको छ ।’ कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्केका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया शुरू गरेका थिए । शुरूमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेका थिए । पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ । कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा विक्री गर्दै आएको गिरीले बताए । ‘मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ’, गिरीले भने ।      ‘फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर विक्री गर्ने गर्नुभएको छ’, गिरीले भने, ‘हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरूले फ्रोजन मःम हो भनेर विक्री गर्नसक्नुभएको छैन ।”      कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए पनि हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको उनले बताए । ‘मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्‍याउँदै आएका छौँ’, उनले भने । रासस

चाड पर्वको मुखैमा बजारमा चिनीको अभाव

२१ भदौ, काठमाडौं । चाडपर्वको मुखैमा बजारमा चिनी अभाव भएको छ । स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण बजारमा चिनीको अभाव भएको व्यापारीहरुले बताएका छन् । खुद्राले मागेजति चिनी उपलब्ध गराउन सकिने अवस्था नरहेको होलसेल व्यवसायी एवं टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुँयालले बताए । बजारमा चिनी अभाव देखिएसँगै […]

हरियो तरकारीको मूल्य दोब्बर

काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । एक हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समयमा तरकारीको आयात नै कम हुँदा मूल्य बढ्न गएको जानकारी दिए । “लकडाउनदेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन,” उनले भने, “यो साता मुलुकभर आएको बाढी पहिलो कारणले तरकारीको आयात न्युन हुँदा मूल्य बढ्न गएको हो ।” लकडाउनपछि तरकारीको आयात कम भएको थियो । यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारणले बजारमा भित्रिन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । बजारमा होलसेल मूल्यको तुलनामा दोब्बर खुद्रा मूल्य कायम रहेको छ । शंखमूलकी व्यवसायी पवित्रा थापाले अधिकांश हरियो तरकारीको मूल्य बढेर आएको बताइन् । “बाढीपहिरोको कारणले बजारमा पर्याप्त मात्रामा तरकारी भित्रन नसक्दा मूल्य बढ्न गएको छ,” उनले भनिन, “राति ३ बजे उठेर गए पनि होलसेलबाट हामीलाई तरकारी पाउने मुस्किल छ ।” तरकारीको मूल्य अस्वाभाविक बढ्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न गएको छ । सामान्य अवस्थामा कालीबाटी बजारमा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेको लकडाउनयता कम मात्रामा तरकारी भित्रिने गरेको छ । अहिले कालीमाटी बजारमा दुई सय देखि ३ सय टन तरकारी भित्रिने गरेको छ । कालीमाटी बजारमा धादिङ, काभ्रे, मकवानपुर, चितवन, लगायतका अन्य ठाउँमा तरकारी आउने गर्छ । लकडाउनका कारण अधिकांश मानिस काठमाडौंबाहिर गएकाले खपत पनि कम भएको थियो । सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आयातमा रोक नलगाएपनि आयात पनि कम मात्र भएको थियो । अहिले वर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने गर्छ । बजारमा व्यवसायीले तरकारीमा कृत्रिम अभाव देखाएर मनपरी मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना व्यवसायीले कृत्रिम अभाव गराएर तरकारीमा दोव्बर मूल्य बढाएको बताउँछन् । बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्य लिने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा उत्पत्यकामा आठ सय देखि एक हजार मेट्रिक टन तरकारी खपत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठुलो परिणाममा छिमेकी मुलुक भारतबाट तरकारी भित्रिने गरेको छ । यता, फलफूलको मूल्य पनि बढेको छ । आँपको सिजन सकिएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । बजारमा आयात कम हुँदा केरा र स्याउको मूल्य पनि बढन गएको व्यवसायीको भनाई छ । तरकारीको होलसेल र खुद्रा मूल्य (प्रतिकेजी) तरकारी होलसेल खुद्रा भिन्डी ६० १०० बन्दा ३८ ५० स्थानीय काउली ९५ १५० भन्टा लाम्चो ८० १२० घ्यू–सिमी ८० १५० परवर ९० १५० घिरौंला ५० ९० आलु रातो ५५ ७० बोडी ६० ११० गोलभेंडा २० ४० स्रोतः कालीमाटी बजार र स्थानीय पसल