नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण भएको बताएका छन् ।
प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित पत्रकार भेटघाटमा महराले सम्मेलन क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणमा केन्द्रित रहने बताएका हुन् ।
‘गम्भीररुपले आफ्नै बारेमा समीक्षा गर्ने पक्षमा छौं, अरू पार्टीसँग सहकार्य गर्दा र संसदीय अभ्यासको पनि गम्भीर समीक्षा गर्छौं,’ उनले भने, ‘२०६४ सालमा किन ठूलो पार्टी भयो, पछि किन सानो भयो र अब के गर्नुपर्छ भन्ने नि...