पुसमा राजस्वको लक्ष्य पुगेन

काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब २२ अर्ब मात्रै उठेको हो । यो लक्ष्य भन्दा २१ प्रतिशत कम हो । गत वर्ष यही अवधिमा २ खर्ब ५५ अर्ब […]

सम्बन्धित सामग्री

जलेश्वर भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व उठाउन चुनौती

जनकपुरधाम । जलेश्वर भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ७ महीनामा कार्यालयले वार्षिक लक्ष्यको ४२ दशमलव ९७ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । बाँकी ५ महीनामा कार्यालयले राजस्वको लक्ष्य भेट्न कठिन देखिएको छ । कार्यालयले यस वर्ष रू. ३ अर्ब ६३ करोड राजस्व उठाउने लक्ष्य पाएकोमा माघ मसान्तसम्ममा १ अर्ब ५६ करोड ४३ लाख असुली भएको छ । कार्यालयले आर्थिक वर्षको पहिलो महीना साउनबाहेक अन्य महीनामा लक्ष्य प्राप्त गर्न सकेको छैन । गत साउनमा कार्यालयले रू. २२ करोड ४९ लाख राजस्व असुलीको लक्ष्यमा २४ करोड ३६ लाख, भदौमा रू. २७ करोड २५ लाखको लक्ष्यमा २२ करोड ८३ लाख र असोजमा रू. २८ करोड ५८ लाखको लक्ष्य रहेकोमा २५ करोड २६ लाख संकलन गरेको थियो । त्यस्तै कात्तिकमा रू. ३० करोड ३१ लाख असुलीको लक्ष्यमा २४ करोड ४९ लाख, मङ्सिरमा रू. ३१ करोड ४३ लाख उठाउने लक्ष्यमा १८ करोड ६८ लाख र पुसमा रू. ३३ करोड ७८ लाख संकलन गर्ने लक्ष्य रहेकोमा १८ करोड ६ लाख असुली गरेको छ । यसैगरी माघमा रू. ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा २२ करोड ७५ लाख मात्र उठेको कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षमा छिमेकी मुलुक भारतको बरौनीबाट महोत्तरीको भिठ्ठामोड नाका हुँदै कम मात्रामा पेट्रोलियम पदार्थ आएकाले राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए । साथै अन्य मालवस्तुको आयात समेत घट्दा राजस्व कम उठेको उनको भनाइ छ । गत आर्थिक वर्षमा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाएको थियो । सो अवधिमा कार्यालयले रू. १ अर्ब ७० करोड राजस्व उठाउने लक्ष्य पाएकोमा ३ अर्ब ९ करोड असुली भएको थियो, जसमध्ये पेट्रोलियम पदार्थबाट मात्रै २ अर्ब राजस्व उठेको थियो ।