केन्द्रीय बैंकद्वारा रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह गरिंदै

 मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मंसिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।            बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५  गते २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजत प्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले बताएको छ ।            प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ । केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार औषत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ ।            हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर ४ दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै चालू आवमा बुधवारसम्म बैंक तथा वित्तीय संस्थाले १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुनसकेको छैन । रासस  

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ । बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको […]

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

२५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मंगलबार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो । प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको […]

रिपो मार्फत २० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]

तरलता कमी भएपछि पुन: २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

३० भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि नेपाल राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ३० भदौ बिहीबार रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो । उक्त रिपोको अवधि ७ दिनको रहेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २३ भदौमा […]

तरलता कमी भएपछि २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता पठाउने भएको छ ।

रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।...

बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ।बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ। बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब रूपैयाँ बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ।बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृ

लगानीयोग्य रकमको अभाव व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा २ पटक रिपो जारी गरिसकेको छ । बिहीवार जारी हुने रिपोसहित अब ५० अर्ब रुपैयाँ बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ ।  बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्व...

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउने

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा पैसा पठाउन लागेको हो। यसको अवधि १४ दिनको हुने छ। बैंकहरुले बोलकबोलमार्फत ब्याज निर्धारण गर्ने छन्। जसको बढि ब्याज हुने छ उसैले पैसामा प्राथमिकता पाउने छ। यद्यपी यसको ब्याज भने ५ प्रतिशतभन्दा बढि हुँदैन। ५ प्रतिशतमा जुनसुकै बेला पाइने सात दिनको स्थायी तरलता सुविधा बैंकहरुले राष्ट्र बैंकसँग लिन सक्छन्। यसको ब्याज ५ प्रतिशतभन्दा तलै बस्नु पर्ने भएपनि बैंक वित्तीय संस्थाबीच तरलताका...

राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब दिन खोज्दा बैंकहरूले मागे ५३ अर्ब ७० करोड

बैंकहरुमा लगानीयोग्य रकमको अभावपछि राष्ट्र बैंकले बिहीबार रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउनका लागि बोलकबोल प्रस्ताव आह्वान गर्यो।