काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् 'हाइज्याक' भएको बताउनुभएकाे छ ।
आज सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर 'हाइज्याक' गरेको आराेप लगाउनुभयाे । उहाँले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गर्नुभयाे ।
सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर...