काठमाडौं। अक्सिजन उद्योगलाई विद्युत महशुल छुट मिल्ने भएको छ। उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै त्यस्ता उद्योगलाई महशुल छुट दिने निर्णय गरेका हुन्। मन्त्रालयस्तरको निर्णयअनुसार अक्सिजन उत्पादन गर्दै आएका देशभरका उद्योगलाई वैशाख महिनादेखि विद्युत डिमाण्ड शूल्क छुट मिल्नेछ। यद्यपी उर्जा मन्त्रालयको उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले पास गर्नुपर्नेछ।