कास्की – गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने हुनुभएको छ । पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नयाँ अर्थ मन्त्री नआइसकेकाले मुख्यमन्त्री पोखरेलले नै बजेट प्रस्तुत गर्ने निर्णय गरेको हो ।प्रदेशमा जेठ १३ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । त्यसैको पूर्व सन्ध्यामा बजेट सार्वजनिक गर्ने जिम्मेवारी मुख्यमन्त्री पोखरेललाई नै दिइएको हो । अहिले अर्थ मन्त्रालयसहित सबै मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैँले राख्नुभएको छ ।यसैबीच आजको बैठकले पूर्वमुख्...