उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कुटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।कूटनीतिक सेवाबाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष ने