काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर–८ मा चीनबाट आएको दोस्रो डोजको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिनमा ३२१ जनाले खोप लगाएका छन् भने दोस्रो दिन ३ सय ७१ जनाले लगाएको वडा अध्यक्ष मनोजकुमार घिमिरेले बताए । भिडभाड नहोस् भनेर कुपनको व्यवस्था गरिएको छ । आर्थिक रुपमा कमजोर भएपनि कोरोना न्युनीकरणमा जनता आफैपनि सचेत देखिएको अध्यक्षको भनाई छ ।