कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ । प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको ठाउँमै आगजानी भएको हो । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ […]

सम्बन्धित सामग्री

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

सुर्खेत । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६.९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । […]

Prashasan

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले कर्णाली प्रदेश संसदीय दलको ह्विप

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।    मङ्गलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  संसदीय दलको बैठकले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने कर्णाली प्रदेश सरकारको तयारी छ ।

उज्यालो अनलाइन

मन्त्रिमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाही, कांग्रेस पनि सरकारमा जाने

४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन […]

अनलाइनखबर

कर्णालीको सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

सुर्खेत-कर्णाली प्रदेश सरकामा नेकपा एमालेबाट सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् ।नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकमा सरकारबाट मन्त्रीहरु फिर्ता हुने निर्णय भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारलाई समर्थन लिने निर्णय भएबमोजिम मन्त्रीहरु फिर्ता हुने निर्णय भएको बताए ।२४ घण्टा भित्रमा सरकारबाट फिर्ता हुने निर्णय भएको […]

कारोबार दैनिक

अपाङ्गमैत्री कानून बनाउने कर्णालीका सांसदहरुको प्रतिबद्धता

१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]

अनलाइनखबर

माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले आफ्नो विधान संशोधन गर्दै

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले विधान संशोधन गर्न लागेको छ। गत शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको वैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

सेतोपाटी

सवारी दुर्घटनापछि स्थानीय आन्दोलित, वीरेन्द्रनगर तनावग्रस्त

२५ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

अनलाइनखबर

शाही नेतृत्वको कर्णाली सरकार पूर्ण सुरक्षित !

२२ पुस, सुर्खेत । कर्णालीमा प्रचण्ड–माधव समूहका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार पूर्ण सुरक्षित बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद प्रचण्ड–माधव समूहमा गएपछि प्रदेश सरकार पूर्ण सुरक्षित बनेको हो । नेकपा विभाजित भएपछि […]

अनलाइनखबर

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]

अनलाइनखबर