धितोपत्र बोर्डको १३ योजना: विद्युत प्राधिकरण र केयुकेएलको आईपिओदेखि एआई प्रविधिसम्म

नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवको अवसर पारेर विभिन्न १३ बुँदे भावी योजना र लक्ष्य अघि सारेको छ। धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई बोर्डले निम्न बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको जनाएको हो ।बोर्डबाट समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको भावी प्राथमिकता रहेको बोर्डले जनाएको छ।यस्ता छन् बोर्डका भावी योजना : १. धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी Iosco को मापदण्ड अनुरूपको बनाउँदै लैजाने।२. लगानीकताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने।३. बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्च स्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।४. विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence(AI) मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने।५. बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने, ।६. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने ।७. सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूला-ठूला Utility Companies (जस्तै : नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लि.) र व्यावसायिक रूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।८. पर्याप्त पूजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने।९. साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMEs Platform) का लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पंजी बजारमा आबद्ध गर्ने।१०. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने११. बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने१२. बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने ।१३.  प्रदेश स्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने।

सम्बन्धित सामग्री

कर्मचारीहरूको सिर्जनशीलता प्रवर्द्धनमा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ।...

कर्मचारीहरूको सिर्जनशीलता प्रवर्द्धनमा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ।...

नेपाल विद्युत प्राधिकरण ३८ औं वर्षमा (फोटोफिचर)

नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३७ वर्ष पुरा भएको छ । आजदेखि विद्युत प्राधिकरण ३८ औं वर्ष प्रवेश गरेको हो ।यसैबीच आज प्राधिकरणले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा ३७ औं वार्षिकोत्सव मनाउने क्रममा कैद गरिएका तस्वीरहरूलाई यहाँ समावेश गरेका छौं :

विद्युत प्राधिकरण लालबन्दी सतप्रतिशत रकम संकलन गर्न सफल

सर्लाही । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलाे पटक सतप्रतिशत रकम संकलन सफल भएको छ । गत आर्थिक वर्षमा १ सय १ दशमलव ८९ प्रतिशत रकम संकलन गर्न सफल भएको हो । गत आर्थिक वर्षमा यस वितरण केन्द्रले ४० करोड ५८ लाख ११ हजार ९ सय ७२ रुपैयाँ ११ पैसा संकलन गर्दै पहिलो पटक […]

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता

नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोमबार भएको यससम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे ।सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५१० प्रतिशत छुट पाउनेछन् । सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्

कुमारी, टेलिकम, विद्युत प्राधिकरण र सिल्कको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]

विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी

धनगढी । सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले […]

विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै

वीरगंज : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक भित्रिसकेका छन्। देशभर उनको वाहवाही छ तर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय पक्ष भने झन् खराब बन्दै गएको छ। पछिल्लो एक वर्षको अवधिमा वितरण केन्द्रले विद्युतीकरणका काममा ढिलाई गरेको र बेथिति बढेको उपभोक्ताहरुको आरोप छ। ‘गजबको छ वीरगंज…

कुनै पनि हालतमा लोडसेडिङ हुँदैन - विद्युत प्राधिकरण

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र ...