काठमाडौं : काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको छ।कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत काँग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको हो। सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रदीप गिरी विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल आउनुभयो। नेपाल आउनासाथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पता