काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका कांग्रेसका रिजाल नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्। रिजालले ४ हजार १९ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलाधरले ३ हजार ३१० मत […]
ललितपुर : जिल्लाको गोदावरी नगरपालिकामा मेयर र उपमेयर सहित अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएकाे छ।नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीमा भने एमालेले आफ्नो अस्तित्व जोगाएको छ।हुन त वडा नम्बर ६ र १० मा वडा अध्यक्ष नजिते पनि वडा सदस्य जितेको छ।११ वटा वडा जितेर हौसिएको कांग्रेसले एमालेको गड रहेको झरुवाराशी भने जित्न सकेन।कांग्रेसले अघिल्लो स्थानीय तहको चुनावमा भन्दा यसपालि थप २ वटा वडा जितेको छ। गोदावरी १३ झरुवारासीको वडाध्यक्ष पदमा नेकपा एमालेका भाष्कर थापा पुनः विजयी भए।बिहीबार सबेरै आएको&n
काठमाडौंः एक दशक अगाडि विभिन्न कारणले विवादमा तानिएको चलचित्र चपली हाइटका अभिनेता वडाध्यक्षमा विजयी भएका छन्।
जारी स्थानीय तहको मतगणना अनुसार अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ बाट विजयी भएका हुन्।
अभिनेता घिमिरेले माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर थिए। त्यस्तै एमालेका उम्मेदवार श्रीराम आचार्याले १ हजार ४८…
स्थानीय तह निर्वाचनको पर्सामा जारी मतगणनामा आइतबार बिहान ७ बजेसम्म सार्वजनिक भएको ७ वटा वडाको नतीजा अनुसार यहाँ नेपाली काँग्रेसका ४, नेकपा एमालेका ३ र जनता समाजवादी पार्टी, नेपालका एक वडा अध्यक्ष विजयी भएका छन्।...
शनिवार १ र १० को मतपेटिका खोलेर गिन्ती सुरु भएको थियो। आइतवार बिहान आएको २ वटा वार्डको नतिजा अनुसार पोखरिया १ को अध्यक्षमा प्रमोद गिरी र १० मा सोनालाल साह विजयि भएका हुन । साह अघिल्लो पटक पनि यहाँबाट वडा अध्यक्ष निर्वाचित थिए।...
गोकर्णेश्वर नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ १४२८ मत प्राप्त गरी विजयी भएका छन् । विजयी उम्मेदवार श्रेष्ठले काँग्रेसका राम मानन्धरलाई ४९८ मतान्तरले हराएका छन्। निवर्तमान वडा अध्यक्ष मानन्धरले मात्र ९३९ मत प्राप्त गरेका थिए। २०७४ सालको स्थानीय चुनावमा वडा नं १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएकोमा यसपटक भने निर्वाचनको सो परिणाम उल्टिएर एमालेको पोल्टामा परेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा भने १ नं वडामा एमालेको प्यानल नै विजयी भएको छ ।ग
३१ वैशाख, बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् । गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले […]
अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक
सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।