“मेरो अटल विश्वास जनतामाथि छ। यो नै अन्तिम होइन। सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, प्रधानमन्त्री ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ। मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ। म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु।”