मदन भण्डारीका योगदान दूरगामी महत्वका छन् : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीका योगदानहरु दूरगामी महत्त्वका रहेको बताएका छन्।२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी प्रेस वक्तव्यमा ओलीले भण्डारी नवीन विचारका प्रतिवादक र मौलिक सिद्धान्तका अन्वेषक भएको उल्लेख गरेका छन्।उनले ३ वर्षअघि आजकै दिन कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियान सुरु गरेको भएपनि कतिपय नेताको विभाजनकारी क्रियाकलापका कारण सफल हुन नसकेको बताएका छन्।