काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा नेपाली श्रमिकहरू ठगिने समस्या अहिले पनि सबैभन्दा धेरै रहेको पाइएको छ ।
पिपल फोरममा गएको आर्थिक वर्षमा सेवा लिन आएकाहरूमा गरिएको एक अध्ययनले वैदेशिक रोजगारीको क्रममा नेपाली श्रमिकहरू ठगिने समस्या सबैभन्दा बढी रहेको देखाएको हो । पिपल फोरममा कानुनी सहायता लिन आएका मध्ये सबैभन्दा धेरै ५९.२८ प्रतिशत श्रमिक ठगीमा परेको समस्या लिएर आएको पिपल फोरमको निःशुल्क कानुनी सहायता कार्यक्रम संयोजक तथा अधिवक्ता सुदीप देवकोटाले जानकारी दिनुभयो । यसरी ठगीमा पर्नेमा पनि स्वदेशमै ठगिनेहरूको ...