ताप्लेजुङको साब्लाखुका सागर लिम्बू माओवादीले सञ्चालन गरेको द्वन्द्वमा सहभागी भइरहँदा १६ वर्ष टेक्दै थिए । सशस्त्र द्वन्द्वको उत्कर्ष २०५८/५९ ताका माओवादीमा भर्ती भएपछि सागरबाट उनी ‘सक्कल’ बने । गाउँमा गरिबीसँगै चरम बेरोजगारी थियो । गरिबीबाट मुक्ति पाउने आशामा धेरै युवा माओवादी बनेका थिए ।