पूँजीबजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य : नेप्से सीईओ

फागुन २१, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पूँजीबजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा आयोजित पूँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रियामा उनले आगामी दिनमा पूँजीबजारसँग सम्बन्धित सबै पक्षसँग छलफल र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण लगानीकर्ताको हितका लागि नेप्सेको वेबसाइटलाई अझ गतिशिल बनाएर सही सूचना सम्प्रेषणमा नेप्सेले जोड दिने पनि बताए। उनले नेपाली पूँजीबजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताए। तर उनले यसअगाडि आफूले तत्काल नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छु नभनेको पनि बताए । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्नुपर्ने भन्दै उनले नेप्से त्यही अनुसार लाग्नु पर्ने कुरामा जोड दिए । नेप्सेलाई पुनसंरचना पनि गर्नुपर्छ भनेर अध्ययन भएको भन्दै उनले नेप्सेको साधारण शेयर(आईपीओ) कति गर्ने भन्ने कुरा छलफल तथा अध्ययन गरेर जाने सहमति भएको र सरकारले स्वीकृत दिएको अवस्थामा मात्रै यसले अन्तिम रुप पाउने पनि बताए । त्यसैगरी सीडीएससीका पूर्णप्रसाद आचार्यले आफूहरुले सेवाग्राहीबाट बढी सेवा शुल्क नलिएको बताए । ‘हामीले सरकारले तोकेको सेवा शुल्क लिने हो, हामी आफैंले सेवा सेवा शुल्क तोक्दैनौं’, उनले भने, ‘केही मिडियाबाट बढी शुल्क लियो भन्ने  खालको भ्रम सृजना भयो । उनले डिम्याट खाता नवीकरण गर्दा सीडीएससीले १० रुपैयाँमात्रै पाउने पनि बताए। उनका अनुसार हाल डिम्याट खाताको संख्या नेपालमाा ५० लाख नाघेको छ। जसमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिलाको सहभाागिता रहेको छ। उनले पूँजीबजार विस्तार र विकासका लागि रातदिन काम भइरहेको भन्दै कहिले काहीं सीडीएससीको प्रणालीहरुमा समस्या आउँछन्, तिनलाई पनि निराकरण गर्दै लगेका छौं भने । हाल डाटा सेक्युरिटी, केन्द्रीय केवाईसी, नेप्से र ब्रोकर बीच डाटा एक्सिस, ई–भोटिङ डेभलपमेन्टमा काम भइरहेको उनको भनाइ थियो । कार्यक्रममा चालू आवको माघ मसान्तसम्म नेप्सेले पूँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिइएको थियो ।  

सम्बन्धित सामग्री

ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको हो । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।जलविद्युत् विकास

खेल क्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन ल…

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई अघि […]

खेल क्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघ संस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई […]

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १५ माघ : युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस […]

उद्योग विस्तारका लागि पूर्ण सहयोग हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । उनले उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्न अपिल गरेकी हुन् ।ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग आज मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गरउँछौँ ।” उनले सहज तवरले कुनै पनि बिलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधैँ कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गरिन् ।निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर(पिपिए)का आधारमा महसुल दर हेरफेर गरिनुपर्ने बताईन् । उनले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेसिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरिन् ।कार्यक्रमा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको बताए  । उनले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र केके समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गरे । उनले भने, “हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।”छलफलमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिए  । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताए ।

चीनले आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्छ : उपप्रधानमन्त्री याङ

काठमाडौँ । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि बुधबार त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।