काठमाडौँ : राष्ट्रियसभाको निर्वाचन नजिकिएसँगै सत्तारुढ गठबन्धनमा उम्मेदवार बन्न चाहनेहरूको दौडधूप बढेको छ। फागुन २० गतेपछि २० जना राष्ट्रियसभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन्। स्थायी सदनमा सदस्य रिक्त हुनु एक महिनाअगावै निर्वाचन गराउने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन तोकेको छ। निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान हुने जनाएको छ।राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन्। नेपाली कांग्रेस,