काठमाण्डाै - आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारणमार्फत् गरेर दिवस मनाइँदैछ ।
यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेक...