विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८२ दिन कुर्दा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए। उनीहरुले स्वास्थ्य सेवा बन्द गर्दा दैनिक रुपमा तीन हजार सर्वसाधारणले पाउने ओपिडी सेवा, २० जना हार