बीपीका चिकित्सक पुनः आन्दोलित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार अभियान अन्तर्गत देशैभर भइरहेको आन्दोलन टुंगोमा पुग्न सकेको छैन । विगत ७० दिनदेखि चलिरहेको आन्दोलन रोक्न पटक पटक कार्यदल बनाइए पनि सुधारका ठोस योजना आउन नसकेपछि  प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी पुनः सडक संघर्षमा उत्रिएका छन् । आन्दोलनका क्रममा चारपटक विभिन्न कार्यदल तथा आयोगहरूले अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । तर कार्यदल तथा आयोगले बुझाएका कुनै प्रतिवेदनहरू कार्यान्यवनमा नआउँदा सरकारप्रति नै प्रश्न उठेको छ । असार १ गतेदेखि शुरू भएको आन्दोलनले प्रतिष्ठानका प्रमुख चार पदाधिकारीको पद समेत संकटमा परेको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चारैजना मुख्य पदाधिकारीलाई राजीनामा दिन निर्देशन दिइसकेका थिए । तर पदाधिकारीहरू पद जोगाउन ‘शक्तिकेन्द्र’ धाउन थालेपछि त्यो निर्देशन निष्क्रिय देखिएको छ । आन्दोलनकै कारण सरकार उच्चस्तरीय कार्यदल गठन गर्न बाध्य भएको थियो । कार्यदलले चारैजना पदाधिकारीलाई कारबाही गर्न सिफारिश गरिसकेको छ । यद्यपि, कार्यदलले प्रतिवेदन बुझाएको र मन्त्रालयले सहमति गरेको दुई साता बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन । यसले सरकार फेरि यिनै पदाधिकारीलाई जोगाउन खोजेको हो कि भन्ने आशंका पैदा भएको छ । विगतका प्रतिवेदनजस्तै डा. वैकुण्ठ अर्याल नेतृत्वको कार्यदलको प्रतिवेदन पनि कार्यान्वयन नहुने हो कि भन्ने चर्चा हुन थालेपछि पुनः प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी, विद्यार्थीले बृहत् प्रदर्शन थालेका छन् । कार्यदलले पदाधिकारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेपछि संघर्ष समितिले आन्दोलन केही खुकुलो पारेको थियो । तर कार्यान्यवनको सम्भावना कम हुँदै गएपछि समितिले सोमवारदेखि पुनः विरोध प्रदर्शन गर्दै प्रतिवेदन र ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघर्ष समितिले प्रतिवेदन र सहमति १ साताभित्र कार्यान्वयन नभए सम्पूर्ण सेवाका काम छोड्ने चेतावनी दिएको छ । संघर्ष समितिका संयोजक डा. एसपी रिमालले अहिलेको सरकारले पनि सहमति कार्यान्वयन नगर्ने हो कि भन्ने आशंका देखिएको बताए । अघिल्लो सरकारले पेलेको र अहिलेको सरकारले विज्ञप्तिमा मात्र खेलिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘संघर्ष समितिको माग सही हो भने पनि कार्यान्वयन गर्न सरकार हच्किरहेको छ,’ उनले भने । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले विगतका सहमतिहरू कार्यान्वयन नहुँदा नै प्रतिष्ठान अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै अहिले पनि सहमति कार्यान्वयन नगरे सम्पूर्ण काम छाड्ने चेतावनी दिए । सहमति पालना नभएसम्म आन्दोलन जारी रहने उनले बताए । यता, नागरिक दबाब सञ्जालले पनि कार्यदलको प्रतिवेदन कार्यान्यवन नभएकोप्रति आपत्ति व्यक्त गरेको छ । सञ्जालको आइतवार बसेको बैठकले विगतदेखिका सबै छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक गरी तिनले देखाएका सुझावहरूको अविलम्ब कार्यान्यवन गर्न माग गरेको छ । बैठकले सञ्चालक परिषद्को बैठक अविलम्ब राखेर कारबाही प्रक्रिया प्रारम्भ गर्न माग गरेको सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । उनका अनुसार पदाधिकारी नियुक्ति प्रक्रिया र नियुक्तिका आधारहरू त्रुटिपूर्ण भएकाले ऐन संशोधन प्रक्रिया थाल्नुपर्ने, सेवा सुविधा विस्तार गर्नुपर्ने लगायत १३ बुँदे माग गरिएको छ ।

सम्बन्धित सामग्री

बीपीका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित भएका छन् ।सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले पुनः आन्दोलन थालेका हुन् । उनीहरुले आफूसँग सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आइतबारदेखि प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलित उनीहरुले इमर्जेन्सी र कोभिड–९ विशेष अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका छन् ।स

बीपीका चिकित्सक पुनः आन्दोलित

धरान, भदौ १०। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार अभियान अन्तर्गत देशैभर भइरहेको आन्दोलन टुंगोमा पुग्न सकेको छैन । विगत ७० दिनदेखि चलिरहेको आन्दोलन रोक्न पटक पटक कार्यदल बनाइए पनि सुधारका ठोस योजना आउन नसकेपछि प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी पुनः सडक संघर्षमा उत्रिएका छन् । a आन्दोलनका क्रममा चारपटक विभिन्न कार्यदल तथा आयोगहरूले अध्ययन तथा […]

बीपीका चिकित्सक रिले अनसनमा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता सुधार गर्न माग गर्दै दुई सातादेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले माग सुनुवाइ नभएपछि सोमवारदेखि रिले अनसन शुरू गरेका छन् । प्रतिष्ठानमा कार्यरत तथा अध्ययनरत चिकित्सक तथा विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै उपकुलपतिको कार्यालयअगाडि धर्ना र विरोधसभा गर्दै आएका छन् । उक्त मागप्रति पदाधिकारी उदासीन भएको भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरी उनीहरूले रिले अनसन थालेका हुन् । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरूले आफूहरूको मागप्रति कुनै चासो नदेखाएपछि आन्दोलनलाई फरक ढंगले अघि बढाएको रिले अनसनको नेतृत्व गरेका प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सक डा. विष्णु पोखरेलको बताए । उनीसँगै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपाली सहित एमबीबीएसका विद्यार्थी समेत अनसनमा बसेका छन् । आन्दोलनकै क्रममा आइतवार उनीहरूले प्रतिष्ठानका पदाधिकारीले प्रयोग गरेको सवारीसाधनको चाबी खोसेका थिए । ‘प्रतिष्ठानका पदाधिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको गाडी प्रयोग गरेका छैनन्, उनीहरूले सेवा सुविधा लिए पनि प्रतिष्ठानको कुनै मूल्यांकन नभएपछि चाबी खोसेका हौं,’ उनले भने । रिले अनसनले पनि पदाधिकारी सचेत नभए सामूहिक राजीनामा दिइने उनले चेतावनी दिए । रिले अनसन बस्न करिब ५० जनाले सामूहिक प्रतिबद्धता व्यक्त गरिसकेको उनको भनाइ छ । कार्यसम्पादन मूल्यांकनको आधारमा कारबाही गर्नुपर्ने माग गर्दै आफैबाट शुरू गर्न उपकुलपतिलाई आन्दोलनकारीले आग्रह गरेका छन् । कार्यसम्पादन गर्दा असफल हुने डरले उपकुलपति वार्ताबाट भागेको पनि उनीहरूको आरोप छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी दुई सातादेखि काठमाडौंमा छन् । उनलाई तीन दिनभित्र प्रतिष्ठानमा उपस्थित भएर चिकित्सक तथा विद्यार्थीले उठाएको माग सम्बोधन गर्न धरानका राजनीतिक दल र नागरिक दबाब सञ्जालले अल्टिमेटम समेत दिएका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउने डा. पोखरेललाई उपकुलपति गिरीले काठमाडौंबाटै स्पष्टीकरण पत्र काटेपछि चिकित्सक, विद्यार्थी, कर्मचारी र स्टाफ नर्सहरू दुई सातादेखि आन्दोलित बनेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न उपकुलपति डा. गिरीले समिति गठन गरे पनि आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता अघि बढ्न सकेको छैन ।

बीपीका चिकित्सक तथा कर्मचारीले पाएनन् तलब

जेठ २, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले तलब पाउन पटकपटक आन्दोलन गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय कोरोना महामारीमा जोखिमपूर्ण रूपमा संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा कर्मचारी समयमै तलब पाउन नसक्दा आफ्नो जिम्मेवारी पूरा गर्न हतोत्साहित भइरहेका छन् ।  केही दिनअघि कर्मचारीले तलबसहित भत्ता नपाएको भन्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रहरी प्रशासन लगाएर ताला तोडेका थिए । प्रतिष्ठानका कर्मचारी र चिकित्सक समेत समयमै तलब पाउनुपर्ने भन्दै बेला बेलामा आन्दोलित हुने गरेका छन् । मुख्य पदाधिकारी प्रतिष्ठानको काम भन्दै बेला बेला काठमाडौं पुगेर अनावश्यक खर्च गर्ने, तर चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन समस्या देखाउने गरेको आरोप लाग्दै आएको छ । विभिन्न बहानामा पदाधिकारीले खर्च गर्ने पैसा हुने, तर तलब भने खुवाउन नसकेको भन्दै एक चिकित्सकले गुनासो गरे । तलब नआउञ्जेलसम्म घरमै बस्ने निर्णय गरेको उनले सुनाए ।  पदाधिकारीलाई विभिन्न बहानामा घुम्न, डुल्न प्रतिष्ठानले खर्च गर्न सक्ने, चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन किन नसक्ने भन्दै उनले प्रश्न गरे । तलब खुवाउन नसके चिकित्सकले काम गर्न नसक्ने उनको भनाइ छ । प्रतिष्ठानले प्रत्येक महिनाको अन्तिम साता तलब दिने गरेको छ । तर अहिले भने दोस्रो महिनाको पनि दुई गते पुग्दासम्म पनि तलब नदिएको गुनासो उनको छ ।  प्रतिष्ठानले चिकित्सक तथा कर्मचारीको तलब मात्रै मासिक १२ देखि १३ करोड रुपैया हुने गर्दछ । आयस्रोतमा कमी आएको समयै तलब खुवाउन नसकेको प्रतिष्ठानको भनाइ छ । तर चिकित्सक तथा कर्मचारीले भने पदाधिकारी भ्रष्टाचारमा लिप्त भएकाले तलब सही समयमा दिन नसकेको आरोप लगाएका छन् । पहिलो चरणको कोरोना महामारीले आयस्रोत घटेको प्रतिष्ठानको गत असोज महिना देखि वृद्धि हुँदै गए पनि पुनः दोस्रो चरणको कोरोना महामारीले आयस्रोत घट्न गएकाले समयमै तलब दिन केही समस्या रहेको प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मी बताउँछन् । उनले भने, ‘आर्थिक संकट छ, आम्दानी घटेको छ, अनुदान आउँदैन, त्यही भएर तलबमा समस्या छ ।’ उनका अनुसार प्रतिष्ठान वार्षिक ४८ करोड रुपैयाको व्ययभारमा रहेको छ । प्रतिष्ठानको आयस्रोत वर्षको करिब १ अर्ब रहे पनि अहिले मासिक एक डेढ करोडको अनुपातमा आएको उनी बताउँछन् । उनले भने, ‘संकटमै छौं, ८० प्रतिशत आम्दानी घटेको छ, वार्षिक डेढ अर्बको पेरोल नै छ ।’  जनशक्तिको आकार ठूलो भएकाले पनि अहिलेको आम्दानीले धान्न नसकेको उनको भनाइ छ । व्यक्तिगत एजेण्डा लिएर काठमाडौं गई अनावश्यक खर्च नभएको उनले दाबी गरे । प्रतिष्ठानका पदाधिकारीहरुले अनावश्यक खर्च गरेर तलब खुवाउन नसकेको भन्ने चै आरोप मात्रै रहेको उनले बताए । प्रतिष्ठानमा आर्थिक संकट बढ्दै गएकाले सरकार सँग अनुदानको लागि पहल गरिरहेको उनले बताए । विद्यार्थी, अस्पतालको आम्दानी घटेकाले आर्थिक संकट रहेको उनको भनाइ छ ।