जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिनुभयो ।
सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बता