काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको छ । एमाले नेताहरूका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ । सरकारले मङ्गलवार संसदमा पेस गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।