काठमाण्डाै – निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।
आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले उज्यालाेलाई जानकारी दिनुभयाे । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।
बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २०...