काठमाण्डाै – स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ । यी दुई क्षेत्रमा के गर्ने भन्नेमा निर्वाचन आयोगले पनि निर्णय गर्न सकेको छैन ।
हिजो बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन । आज फेरि बैठक बस्ने तयारी छ । आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको हो । बैठकको सुरुवातमा स्याङ्जा-२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको स...