कोरोना संक्रमण बढेपछि छलफलमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी

कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सीसीएमसीको बैठक बसेको छ। आइतबार मध्यान्ह १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको बेला जनजीवनलाई कसरी...

सम्बन्धित सामग्री

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको संख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको हो । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।      यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।      भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेका छौं’, पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गरौं । अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।’      गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।      सञ्चालनमा अन्योल      होल्डिङ सेन्टर निर्माण पूरा भए पनि सञ्चालनमा अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । रासस

उपत्यकामा संक्रमण बढ्यो, सरोकारवालासँग जिल्लाका सीडीओ छलफलमा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका सीडीओहरू आ–आफ्नो जिल्लाका सरोकारवाला निकायहरूसँग छलफलमा जुटेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ संक्रमण रोकथामबारे कस्तो प्रावधान लागु गर्ने भन्नेबारे छुट्टाछुट्टै छलफलमा जुटेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आ–आफ्नो जिल्लाका सरोकारवालाहरूसँग आन्तरिक छलफलमा जुटेको जानकारी दिए । यस्तै, जिल्ला...

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्

मध्यपहाडी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा कालोपत्रको काम शुरु

असार १, दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ ।  मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरवाहीका कारण गत असारमै सम्पन्न गर्नु पर्नेमा काम यो वर्षबाट शुरु गरिएको छ ।  निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात जेठ २५ देखि करीब १६ किलोमिटर सडकखण्ड कालोपत्रको काम शुरु गरिएको छ । गत वर्ष चैतदेखि कोरोना संक्रमण बढेपछि काम रोकिएको र यस वर्षको असारसम्म १० किलोमिटर कालोपत्र सक्ने गरी काम भइरहेको छ ।  करीब ३१ किलोमिटर सडकमध्ये मनसुनअघि नै करिब १० किलोमिटर सडक कालोपत्र गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तर, आएका समस्या समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ । सदरमुकामको पूर्वी क्षेत्र लोहोरेबाठ सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । देशकै गौरवको आयोजना भएकाले सडकखण्डमा देखिएका समस्याको स्थलगतरूपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।  आफू जिल्लामा आएलगत्तै गौरवका आयोजना र अन्य सबै योजनाको प्रभावकारिताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ । कामको गुणस्तर र सडक क्षेत्रमा बायोइञ्जीनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरूपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । दैलेखको पूर्वदेखि पश्चिम खण्डका अधिकांश भूभाग मध्यपहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली कांग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिए । जिल्लाभर १२५ किलोमिटर सडक एक वर्षभित्र सबै स्थानमा कालोपत्र सक्ने तयारी गरिएको छ । रासस

कोरोना संक्रमण बढेपछि कास्कीमा थपियो निषेधाज्ञा

जेठ ६, कास्की । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।  प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गतेदेखि लागू हुने गरी १४ गतेसम्म थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/ एक साता थप गर्दै आएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार  निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नुपर्ने छ ।  त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा पाँच जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी राखेर एक चौथाइ शाखामात्र खोल्न तथा निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन् ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाका आधारमा बिहान १० बजेदेखि साढे तीन बजेसम्म आवतजावत गर्न सक्ने छन् ।

कोरोना संक्रमण बढेपछि बाँकेमा ९ गतेदेखि लकडाउन

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएपछि बाँकेमा लकडाउन गर्न जिल्ला कोभिड- १९ व्यवस्थापन समिति (डीसीसीएमसी)ले सिफारिश गरेको छ । डीसीसीएमसीको मंगलवार बसेको बैठकले पर्सि (वैशाख ९ गते)बाट लागू हुनेगरी एक साताका लागि लकडाउन गर्ने सिफारिश गरेको हो । पछिल्लो समय बाँकेमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । मृतक पनि दिनदिनै थपिन थालेका छन् । डीसीसीएमसीको सिफारिशका सम्बन्धमा गृहकार्य भइरहेको र ९ गतेदेखि लकडाउन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘सिफारिश...