कोरोनाभाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएपछि बाँकेमा लकडाउन गर्न जिल्ला कोभिड- १९ व्यवस्थापन समिति (डीसीसीएमसी)ले सिफारिश गरेको छ ।
डीसीसीएमसीको मंगलवार बसेको बैठकले पर्सि (वैशाख ९ गते)बाट लागू हुनेगरी एक साताका लागि लकडाउन गर्ने सिफारिश गरेको हो ।
पछिल्लो समय बाँकेमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । मृतक पनि दिनदिनै थपिन थालेका छन् ।
डीसीसीएमसीको सिफारिशका सम्बन्धमा गृहकार्य भइरहेको र ९ गतेदेखि लकडाउन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
‘सिफारिश...