काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्।काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्तिका लागि परिषद्को बैठक बोलाउन प्रचण्डको ध्यानाकर्षण गराएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।‘प्रधानन्यायाधीश रिक्त हुँदैछ, न्यायाधीशहरू नियुक्त हुन सकेका छ