भक्तपुर। दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले बुधबार कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ।
नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ।