प्रारम्भ :
राजदूतले आफ्ना देशका नागरिकको र राष्ट्रको सर्वतोमुखी भलाइका दिशामा आफ्नो क्षमताको भरपुर उपयोग गर्नका लागि सम्बन्धित देशको कूटनीतिक प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न प्रकारका रणनीतिक सम्झौताहरू, सन्धिहरू आफ्नो देशको भलाइका दिशामा केन्द्रित गराउन, आवश्यक सूचनाको आदानप्रदान गर्ने, उद्योग व्यापारको प्रवद्र्धनमा सहयोग पु¥याउने, दुई देशका बीच मैत्रीपूर्ण सम्बन्ध कायम गराउन अत्यन्त गम्भीरताका साथ कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । क्षेत्रीय सहयोग र आपसी सहयोगको उद्देश्यका साथ आफ्नो उपस्थिति उत्पादक बनाउनु जरुरी हुन्छ । यस्ता जिम्मेवारी प्रदान गर्दा सम्बन्धित व्यक्तिले विगतमा गरेका योगदानलाई आधार बनाउनुपर्छ । वैदेशिक नीति, आर्थिक प्रवद्र्धन र राष्ट्रको सुरक्षाजस्ता महìवपूर्ण राष्ट्रिय स्वार्थका लागि काम गर्नुपर्ने हुन्छ । यस्ता महìवपूर्ण जिम्मेवारी प्रदान गर्दा कूटनीतिक सेवा र यसभन्दा बाहिरबाट समेत अत्यन्त प्रतिभावान व्यक्तिला