म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको बैठकबाटै जनप्रतिनिधिले निर्णयपुस्तिका खोसेर भागेका छन्।गाउँ कार्यपालिकाको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य विमला बरुवालले निर्णयपुस्तिका खोसेर भागेकी हुन्। बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ।दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले च