बाग्चौर नगरपालिका–११ बाफुखोलाका ४६ वर्षीय वीरसिंह ओलीले वर्षमा करिब ५ लाख रुपैयाँको आलु बिक्री गर्छन् । उनले गत वर्ष झन्डै ८० क्विन्टल आलु बिक्री गरे । तर बीउका लागि बर्सेनि ६ देखि ८ क्विन्टल आलु किन्न बाध्य छन् । उनका छिमेकी कमानबहादुर ओलीले पनि उत्पादन गरेको सबै आलु बिक्री गरी वर्षेसाल बीउ आलु किन्दै आएका छन् ।