पोखरा – नारायणप्रसाद पौडेलले फलाएको आलुले बजार पाएन। पसिना बगाएर फलाएको आलु नबिक्दा कुहाएरै फाल्नु पर्यो। कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारको माटो आलु खेतीका लागि उपयुक्त छ। दुःख गरेर फलाएको आलु बिक्री नभएपछि नारायणप्रसादलाई आलु खेतीमा मन मरेको थियो। वडा कार्यालयले बजार व्यवस्थापनको आश्वासनसहित ५० प्रतिशत अनुदानमा बिउ दिएपछि उनले ३० किलो आलु लगाए। मौसमले साथ […]