भनिन्छ, जीवन आफैमा न त रसिलो हुन्छ न बिरसिलो । यदि जीवन मिठासले भरिएको रसपूर्ण छ भने कारण हामी आफै हौ । यदि तिक्तताले भरिएको विरसिलो छ जीवन भने पनि त्यो हाम्रो आफ्नै आर्जन हो । गौतम बुद्धको भनाई छ, “जे सोच्छौ तिमी त्यहीँ हुन्छौ” । सकारात्मक सोचले मान्छे उँभो गतिमा लैजान्छ भने नकारात्मक सोचले मान्छेलाई उँधो गतिमा लैजान्छ । सकारात्मक सोचको उत्कर्ष भनेको मान्छेले बडो आनन्दित भएर रसपूर्ण जीवन बाँच्दछ भने नकारात्मक सोचको पराकाष्ठा जीवन विरस लागेर आफैले जीवनको अन्त्य गर्छ ।