नेपालमा ‘तेलक्रान्ति’ गरौं

नेपालले यो आवको पहिलो ८ महीनामा ४१.४० अर्बको भटमासको तेल र ३.६१ अर्बको सूर्यमुखी तेल निर्यात गरेको छ । यसैमा हाम्रो सम्पन्नताको सम्भावना छ । यिनै वस्तुको निर्यात बढाएर देशमा तेलक्रान्ति गर्न सकिन्छ । नेपाल भटमासको खेतीका लागि उपयुक्त भूमि हो । कहाँ कुन प्रजाति र कुन रंगको भटमास उत्पादन गर्न सकिन्छ त्यसबारे छिटोभन्दा छिटो जानकारी लिन कृषि मन्त्रालयअन्तर्गतका संयन्त्रलाई सक्रिय बनाऊँ । त्यसैको आधारमा प्रत्येक १८ देखि ६९ वर्षसम्मका बेरोजगारलाई काममा लगाई देशको तेलहन उत्पादन क्षमतालाई बढाएर निर्यातलाई कम्तीमा १० गुणा बढाऊँ । ४१ अर्बको १० गुणा बढाउँदा लगभग ४ खर्बको निर्यात हुन्छ । यसले नेपालीको आर्थिक अवस्था विश्वव्यापी मानकमा मध्यम तहमा स्तरोन्नति हुनेछ । भटमास, तोरी र सूर्यमुखीको उत्पादनलाई बाँदरले खाँदैन, ठूलो महामारी रोग यी फसलमा लाग्दैन । त्यसैले यसलाई राम्रो, आधुनिक र व्यावसायिक बनाउन प्रत्येक संयन्त्रलाई प्रयोग गर्ने गरी रणनीति बनाऊँ । नेपालीको जीवनस्तर आउँदो ३ वर्षमा अहिलेको भन्दा दोब्बर स्तरीय बनाउने हो भने तेलक्रान्ति अति आवश्यक छ । अहिले नेपाली जनता तेलको मूल्यमा भएको अचाक्ली वृद्धिबाट अत्तालिएका छन् । हुन त खनिज तेलको पनि मूल्य बढेको छ तर खानेतेलको मूल्य जुन अनुपातमा बढेको छ त्यसमा कुनै लगाम देखिएको छैन । खाने तेलको मूल्य घटाउन अब नेपालमा तेलक्रान्ति आवश्यक छ । हरेक व्यवसायमा जोखिम हुन्छ । तर, यो भटमास क्रान्तिमा जोखिम लगभग शून्य छ । सबै प्रकारका मूल्यवृद्धि रोक्ने प्रयास हुनुपर्छ तर खानेकुरा, शिक्षा र कपडाको मूल्य बढ्दा पूरै देश सचेत, संवेदनशील हुनुपर्छ र आकस्मिक तथा दीर्घकालीन रणनीतिबाट मूल्यवृद्धिलाई लक्षित सीमाभित्र राख्नुपर्छ । त्यसैले खानेतेलको मूल्यवृद्धि रोक्ने हो भने नेपालले तेलक्रान्ति गर्न जरुरी छ । नेपालको सम्पूर्ण खाली जग्गामा भटमास, तोरी, सर्स्यौं र सूर्यमुखीको उत्पादन बढाएर तेलका साथै एकातिर नुटेला र अर्कोतिर तोरीको खलीबाट पशुपालनलाई सहज बनाउने काम अविलम्ब शुरू गरौं । उत्पादन नबढाएसम्म मूल्यमा स्थिरता पनि आउँदैन, समग्र अर्थतन्त्रको कुनै ढाँचा नै तयार हुँदैन । त्यसैले नेपालमा अभियानकै रूपमा तेलक्रान्तिको अभियान चलाआंै । सम्म जमीनमा तोरी, सर्स्यौं  र सूर्यमुखी फूल लगाऊँ र पहाडलगायत देशभरको खाली जमीनमा भटमास लगाऊँ । यसका लागि एउटा स्वचालित प्रणालीको विकास गरौं कुनै पनि खाली जमीनमा खेती गर्न पाउनेगरी नियम बनाऊँ । पहिलो अधिकार जमीन मालिकको, यदि मालिकले खेती नगरे अरू जोकोहीले स्थानीय निकायको रोहबरमा खेती गर्ने, उत्पादन आफूले बेच्ने र प्रयोग गर्ने भए सरकारले बीउमात्र उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ । यदि सरकारलाई बेच्ने भए काम गर्नेले उत्पादन र श्रमघण्टाको आधारमा ज्याला पाउने व्यवस्था गरौं । यही तरीकाले कुनै पनि खेती सम्भव नभएको ठाउँमा भटमास लगाऊँ । सडकको बीचको खाली ठाउँमा फूल र दुवोको सट्टा तेलहन नै लगाऊँ । अभियानकै रूपमा उत्पादन बढाउने हो भने नेपालबाट गरीबी समाप्त हुन्छ । श्रम गर्न सक्नेले काम गर्ने वातावरण सृजना गरेर देशको मुहारलाई वास्तवमा फेर्न चाहने हो भने तत्कालका लागि तेलक्रान्ति सबैभन्दा उपयुक्त माध्यम हो । अरू ठूला र नयाँ चिज पछि सोचौंला । अहिलेका लागि सबैले गर्न सक्ने, लगभग तराई र पहाडका ९० प्रतिशत खेतीयोग्य र खाली जमीनमा उत्पादन हुने, भुटेर खान हुने, तेल बेच्न हुने र नुटेला पनि प्रयोगमा ल्याउन सकिने भटमास खेतीलाई अहिलेको अवस्थाबाट १० गुणा बढाऊँ, तोरी उत्पादनलाई ५ गुणा बढाऊँ । यसले हाम्रो आर्थिक जग नै बलियोसँग परिवर्तन हुनेछ र सबै वर्ग यसमा संलग्न हुन पाउनेछन् । खेत, खलियान, पहाडका खाली जमीन, हरेक ठाउँमा भटमास र तोरीको खेती गरौं । सरकारले सक्ने सहयोग र समन्वय गरेर जसले गर्छ उसलाई ज्याला दिने वा पूरै फसलको जिम्मा दिने निर्णय स्थानीय प्रतिनिधिबाट गराऊँ । जोत्ने ट्याक्टरको व्यवस्था गरेर मल जल आदि केके चाहिने हो जोहो गरौं । अहिले उपलब्ध प्राविधिकबाट नै सेवा दिने गरी ४ खर्बको खाने तेल ४ वर्षभित्र निर्यात गर्ने रणनीतिका साथ तेलक्रान्तिलाई अगाडि बढाऊँ । वास्तवमा यो काम लेख्नभन्दा गर्न सजिलो छ । कम्बाइन्ड हार्वेस्टर भन्ने एउटा मेशिन बनेको छ । केही करोडमा यो मेशिन किनेर भाडामा लगाएर गहुँ, भटमास, धान आदि सबै काट्ने छाँट्ने काम गर्नका साथै जमीनलाई जोत्न पनि सकिन्छ । भटमासको पातहरूलाई त्यहीँ कुहाएर जैविक मल बनाउन सकिन्छ । पहाड र सानो ठाउँमा यस्तो मेसिनले काम गर्दैन । त्यसका लागि नयाँ प्रविधि सोच्नुपर्छ । काम शुरू गरेपछि बुद्धि आउँछ । जब ४ खर्ब निर्यातको सपना देख्नेछौं बाँकी उपायहरू हाम्रो दिमागमा खेल्दै जानेछ । सबै राजमार्गको साइडको खाली ठाउँमा पनि भटमास नै रोपौं । एउटा खेतीबाट तेल र तरकारी दुवै उत्पादन हुन्छ भने त्यो मौका किन गुमाउने ? आखिर उत्पादन गर्ने त जमीन, हावापानी र घामले हो । हामीले त केवल व्यवस्थापन गर्ने मात्र त हो । आगामी बजेटमा नै बीउ, बिजन, हार्वेस्टर मेशिन, औषधि आदिका लागि केही बजेट विनियोजन गरी यसै वर्ष असार साउनमा लाखौं हेक्टर जमीनमा भटमास र असोजमा तोरी लगाउने विशाल ड्रिम प्रोजेक्ट अगाडि सारौं । प्रत्येक व्यक्ति निकाय यसका लागि जिम्मेवार बनौं । यदि सफल भइयो भने निर्यात ४ खर्बले बढ्छ असफल नै भइयो भने पनि २ खर्ब आउँछ आउँछ । अहिले हामी नयाँ प्रोडक्ट डिजाइन, गुणस्तर, छानेर विश्वबजारमा प्रतिस्पर्धी बन्न सक्दैनौं । त्यसैले डिजाइन बनेको, रंग निश्चित भएको, बाटो खुलेको र माग बढेको भटमासको उत्पादन र निर्यातमा लागौं । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

‘नेपालमा विदेशीले पार्टी खोलिसके’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोलिसकेको उनले बताए।...

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

नेपालमा बाल मृत्युदर घट्यो

काठमाडौँ- नेपालमा पाँच वर्षको अविधिमा बाल मृत्युदर घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा ३३ प्रति हजार बालमृत्युदर रहेको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा ३९ प्रति हजार बालमृत्युदर रहेको थियो । नेपालमा सन् […]

नेपालमा बाघ कति होलान् ?

नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ । गत १९ मंसिरदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको संख्या तीन सय ५५ रहेको पाइएको हो ।  अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

नेपालमा पहिलो पटक गधा दिवस

काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । केही वर्षअघि इजिप्टबाट सुरु भएको यो दिवस नेपालमा भने यस वर्षदेखि मनाउन थालिएको हो । नेपालमा पशु अधिकारवादी संस्था एनिमल नेपालले यसको सुरुवात […]

नेपालमा लगानीका लागि आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदे

नेपालमा मोटोरोलाको पुनरागमन

आफ्नो ‘जि’ र ‘इ’ वर्गबाट दुईवटा नयाँ विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।  कलमोबिलिटी प्रा.लिले मोटोरोलालाई नेपालमा ल्याएको हो ।  सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोलाले कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आक...