निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर हुन नसक्ने स्पष्ट पारेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन हुन नसक्ने स्पष्ट गरेको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले मिति २०७८/१२/१३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकोले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य