काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा