पछिल्लो तीन दशकको विश्वव्यापीकरणले रोजगारको परिभाषा फेरेको छ र स्वरुप पनि । काम गर्ने तौर तरिकामा पनि निकै परिवर्तन आएको छ । कोरोना संक्रमणका बेला संसारभरी रिमोट वर्किङको रुप पनि देखिएको छ ।मजदुर र मजदुरी दुबैको अर्थ समयसँगै फेरिएको छ । यस्तोमा १३२ वर्षदेखि चल्दै आइरहेको मे दिवसको परम्पराको आज के महत्व छ ?के आजको समयमा पनि मजदुर दिवसको आवश्यकता छ ?संसारमा सबैभन्दा धेरै बधुवा मजदुर भारतमा छन् । विश्व दासत्व सूचकांको रिपोर्ट अनुसार सन् २०१६ मा भारत ८० लाख मानिस ‘आधुनिक दासत्व’ मा