भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न २८ हजार जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपुर्जा छापिसकेका थिए । तत्काल केही जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै आयोगले पूर्व तयारीको रूपमा २८ हजार पुर्जा छपाएर राखेको थियो ।
४ लाख ३५ हजार ६८० रुपैयाँ खर्च गरेर लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा), श्रेस्ता र कभर सहितको सेट आयोगले छापिसकेको थियो ।
‘आयोगबाट उपलब्ध गराइएको जग्गा अंशबण्डा र अपुतालीको...