गत आइतबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाट तीव्र पारेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गराएर देउवा दिनभर शीर्ष भेटघाटमा व्यस्त रहे ।देउवाले संसद् भवनमै नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग छलफल गरे । सत्ता साझेदार दलहरुले साथ नदिएपछि देउवाले एमालेसँग संवाद अघि […]
काठमाडौँ– बिहीबार संसद बैठक अघि माओवादीले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने सन्देश गठबन्धनकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजलाई संसद बैठक सार्न सभामुखलाई आग्रह गरे ।
बुधबारसम्म माओवादी मन्त्रीहरूले साथ दिने, माओवादीका केही सांसदले बहिष्कार गरे…
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा ‘सडक बल्ने’ बताएका छन् ।
बिहीबारको संसद् बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्न कहिल्यै पनि सहमति नजुट्ने दाबी गरे ।
“सडक तात्ने मात्र होइन, बल्छ,” उनले भने ।
लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । भोलि बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ । प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले संसद् बैठक स्थगित गर्नेबारे कुनै सूचना नभएको बताए । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगि
बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ ।
बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।
डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ ।
नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा...