ह्याकर्सको एउटा ग्रुप ‘एनोनिमस’ ले चेचेन्याको सरकारी वेबसाइट ह्याक गरेको छ ।हाल वेबसाइट खुल्न सकेको छैन र 404 Host Not Found एरर पेज देखिएको छ ।यो ह्याकिङ यस्तो समयमा भएको हो जब केही घण्टा अघि मात्रै चेचेन्याका नेता रमजान कादिरोवले युक्रेनविरुद्ध रुसको समर्थनमा चेचेन लडाकु तैनाथ गरिएको छ ।कादिरोवले एक अनलाइन भिडियोमा चेचेन लडाकूले एक युक्रेनी सैन्य अड्डामाथि निकै सहजै कब्जा गरेको बताए ।ह्याकर ग्रुपले गरेका थिए साइबर वारको घोषणाःएनोनिमसले शुक्रबार रुसविरुद्ध साइबर वारको घोषणा गर