काठमाडौं : डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना आज सुरु हुँदैछ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुईदिने कन्क्लेभमा ४० भन्दा बढी सरोकारवाला र विज्ञहरु वक्ताका रुपमा सहभागी हुँदै छन्।कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिति रहनेछ। यसैगरी संघीय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिति रहने