धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार …