काठमाडौं : स्थानीय तहको निर्वाचनका बारेमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शीर्ष बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको जानकारी दिए। नेपाल कोरोना संक्रमणबाट मुक्त भएपछि पहिलोपटक शीर्ष बैठकमा सहभागी भ