रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा नदी भएर बग्ने लिखुको पानी प्रयोग गरी विद्युत् उत्पादन थालिएको छ । दुगड समूहले निर्माण गरेको लिखु– २ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको हो । लिखु– २ आयोजनाले रामेछापको उमाक्ण्डु २ ठाडोखोला नजिक रहेको पावरहाउसमा पानी खसालेर परीक्षण उत्पादन थालेको छ ।