सोलुखुम्बुकाे मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएकाे आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ । कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जान...

सम्बन्धित सामग्री

डेढ अर्ब लगानीको फ्रेन्च फ्राइज उद्योगले थाल्यो परीक्षण उत्पादन

रुपन्देहीमा खुलेको फ्रेन्च फ्राइज उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ । शुद्धोधन-४ मैनहियामा करिब एक अर्ब ५० करोड लगानीमा फर्स्ट च्वाइस फुड्स प्रालि सञ्चालनमा आएको हो ।

५५ मेगावाटको लिखु- २ आयोजनाले परीक्षण उत्पादन थाल्यो

रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा नदी भएर बग्ने लिखुको पानी प्रयोग गरी विद्युत् उत्पादन थालिएको छ । दुगड समूहले निर्माण गरेको लिखु– २ जलविद्युत‍् आयोजनाले परीक्षण उत्पादन थालेको हो ।  लिखु– २ आयोजनाले रामेछापको उमाक्ण्डु २ ठाडोखोला नजिक रहेको पावरहाउसमा पानी खसालेर परीक्षण उत्पादन थालेको छ ।

मिडिल मोदी आयोजनाले थाल्यो विद्युत उत्पादन परीक्षण

२३ मंसिर, काठमाडौं । मोदी खोलामा निर्माण सम्पन्न मिडिल मोदी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानीमा बनेको पहिलो आयोजना हो ।  आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु गरेको ग्रुपले जनाएको छ । मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा […]

बलेफी ‘ए’ ले थाल्यो उत्पादन

सिन्धुपाल्चोकको बलेफी खोला करिडोरमा निजी क्षेत्रको लगानीमा निर्मित ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ आयोजनाबाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ ।

मुलुककै ठूलो होङ्सी–शिवम् सिमेन्ट उद्योगले उत्पादन थाल्यो - Naya Patrika

नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सी–शिवम्ले परीक्षण उत्पादन सुरु गरेको छ । करिब एक सातादेखि उद्योगले परीक्षणका रूपमा सिमेन्ट उत्पादन गरिरहेको कम्पनीका सञ्चालक सतिशकुमार मोरले जानकारी दिए । ‘हाल क्लिंकर प्लान्टको...पूरा पढ्नुहोस् »