नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

सम्बन्धित सामग्री

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

गुराँस लघुवित्तको नाफा यस वर्ष करीब ४८% घट्यो

वैशाख २०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४७ दशमलव ९३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको खर्च बढ्दा सञ्चालन नाफा ४६ दशमलव ४५ प्रतिशत कम भएको छ । गत वर्ष रू. ३ करोड ८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६५ लाखमात्र यो नाफा गरेको हो ।  यस वर्ष कम्पनीले कर्मचारी खर्च रू. ३ करोड ७७ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू. १ करोड ३२ लाखभन्दा बढी गरेको छ । गत वर्ष कर्मचारी खर्च रू. २ करोड ७९ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू. ९९ लाखभन्दा बढी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड ७५ लाख रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १९ दशमलव १८ प्रतिशत कम रू. ३ करोड ९ लाख कायम भएको छ । कम्पनीले यस वर्ष साढे २६ प्रतिशत बढी रू. ८९ करोड ७६ लाख कर्जा सापटी लिएको छ भने करीब २६ प्रतिशत बढी रू. १ अर्ब २७ करोड ६९ लाख कर्जा प्रवाह गरेको छ ।  निक्षेप संकलन भने गत वर्षभन्दा ३५ दशमलव ४५ प्रतिशत बढी रू. २७ करोड २४ लाख भएको छ । गत वर्ष ४ दशमलव ९० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ४ दशमलव ८३ प्रतिशत कायम भएको छ । कम्पनीको तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १४ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७० रहेको छ ।                                                           स्रोतः कम्पनीको तेस्रो त्रैमासम्मको वित्तीय विवरण