काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ८ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्ष यस अवधिसम्म १५ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी गत वर्ष भने इम्पेयरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो ।
अघिल्लो वर्ष ५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १३ करोड ३ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष कम्पनी ८ करोड ३४ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । खुद नोक्सानीमा रहेको कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ९० लाख रुपैयाँभन्दा बढी छ ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १३ करोड १४ लाख रुपैयाँभन्दा बढी थियो । १५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर कम्पनीले चुक्ता पूँजी ४४ करोड १६ लाख ६२ हजार पुर्याएको छ ।
रिटेन्ड अर्निङ १३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २१ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५ अर्ब ७६ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
कर्जा सापटी भने ३ अर्ब २ करोड १२ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष ३ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ८ दशमलव ३६ प्रतिशत पुगेको हो । गत चौथो त्रैमाससम्म १८ रुपैयाँ ८१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७९ रुपैयाँ १ पैसा छ ।
रिपोट हेर्न यहाँ क्लिक गर्नुहोला